काठमाडौंका फोटो पत्रकारलाई राहत
काठमाडौं २५ भाद्र
कोरोना सङ्क्रमणको न्यूनीकरणका लागि सरकारले विगत ६ महिनादेखि जारी राखेको लकडाउनका कारण समस्यामा परेका काठमाडौंमा फोटो पत्रकारलाई राहत स्वरुप २५ केजि चामल र १ केजी सोयाविन उपलब्ध गराइएको छ । बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष रसुमिला श्रेष्ठ (१०बाेरा )र समाजसेवी सरोज भारीले(५बाेरा )सहयोगमा १५ जना फोटो पत्रकारलाई चामल उपलब्ध गराएको हो ।यसअघिकाे लकडाउनमा पनि समाज सेवी रसुमिला श्रेष्ठले फाेटाे पत्रकार सदस्यहरूलाई २० बाेरा चामल राहत स्वरूप उपलब्ध गराउनु भयकाे थियाे। राष्ट्रिय फोटो पत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको हो ।